शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीमा मतगणना सम्पन्नः चारमा कांग्रेस र दुईमा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, १४ : ०१
बिहीबार, ०४ जेठ २०७४

म्याग्दी, जेठ ४– म्याग्दीका ६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लामा चार तहमा नेपाली काँग्रेस र दुई तहमा नेकपा एमाले बिजयी भएका छन् । जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेस बिजयी भएको छ । त्यसैगरि धवलागिरि र मंगला गाउँपालिकामा एमाले विजयी भएको छ । १८ हजार ३४५ मतदाता मध्ये १३ हजार १२८ मत खसेको बेनीनगरपालिकामा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एमालेका प्रमोद श्रेष्ठलाई ४५ मतले पराजित गर्दै पहिलो मेयर बनेका छन् । उनले ५ हजार ६ सय ७९ मत ल्याए भने एमालेका प्रमोदले ५ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए । नगरपालिमा काँग्रेस–माओबादी र एमाले–राप्रपा तालमेल भएको थियो । उपमेयरमा भने राप्रपाकी सञ्जु बरुवाल ३४ मतले विजयी भए । उनले ३ हजार ९ सय ९५ मत प्राप्त गरेकी थिईन भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी ज्योती लामिछानले ३ हजार ९ सय ६१ मत प्राप्त गरेकी थिईन् । बुधबारै सम्पन्न मालिका गाउँपालिकाको मतगणनामा काँग्रेसका श्रीप्रसाद रोका विजयी भए । रोकाले एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गरेका थिए । विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए । एमालेका गर्बूजाले २ हजार ६२२ मत प्राप्त गरे । गाउँपालिकाको उपप्रमुखमा भने एमालेका खरमायाँ विटालु २ हजार ६९१ मत ल्याएर विजयी भएकी थिइन । उहाँका निकटम प्रतिद्धन्द्धी काँग्रेसका विमला रोकाले २ हजार ६६४ मत ल्याएकी थिईन । १० हजार ६४४ मतदाता रहेको मालिका गाउँपालिकामा ७ हजार १३ मत खसेको थियो । त्यस्तै, १० हजार ५ सय १९ मतदाता मध्ये सात हजार १२ मत खसेको खसेको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा काँग्रेसकै क्या. डमबहादुर पुन ३ हजार ३२० मत ल्याएर विजयी भए । उनले एमालेका नारायण पुनलाई १९३ मतले पराजित गरेका थिए । नारायणले ३ हजार १२७ मत ल्याएका थिए । गाउँपालिकाको उपप्रमुखमा पनि काँग्रेसकै केशमायाँ तिलिजा मगर ३ हजार २४५ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकै दुर्गादेवी घिमिरेलाई ५९ मतले पराजित गरिन् । त्यस्तै, जिल्लाको दुर्गम मानिने धौलागिरी गाउँपालीकाको प्रमुखमा एमालेकी थमसरा पुन बिजयी भइन् । उनी जिल्लामा रहेका नगरपालिका र गाउँपालिकामा प्रमुखमा निर्वाचित हुने एकमात्रै महिला हुन । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित भएकी हुन् । ्पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रेशम छन्त्यालले दुई हजार ४८८ मत प्राप्त गरी बिजयी भएका छन। छन्त्यालका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्मर भण्डारीले दुई हजार २९ मत प्राप्त गरेका छन् । नौ हजार ३३४ मतदाता रहेको धौलागिरी गाउँपालीकामा पाँच हजार ७४९ जनाले मतदान गरेका थिए । त्यस्तै, रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको छ । एमाले–माओबादी केन्द्र गठबन्धन रहेको गाउँपालिकामा काँग्रेस एक्लै चुनाबीमा मैदानमा उत्रिएको थियो । प्रमुखमा काँग्रेसका भब बहादुर भण्डारीले ४४३४ मत ल्याउँदै एमाले–माओबादी गठबन्धनका खिमबहादुर शाहीलाई एक हजार ७ सय ४ मतले पराजित गरेका छन् । शाहीले २ हजार ७३० मत पाएका छन । उपप्रमुखमा काँग्रेसकी कमला तिलिजा विजयी भइन् । ११ हजार ५६३ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ९५० मत खसेको थियो । त्यस्तै मंगला गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले तिन हजार ६१५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी सिर्जना केसीले तिन हजार ७०२ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी हुमादेवी फगामीले एक हजार ८६७ मत प्राप्त गरेकी छन् । एघार हजार ५८ जना मतदाता रहेकोमा सात हजार ३५५ मत खसेको थियो । वडाहरुमा –बेनपाको १० वटा वडामध्य ८ वटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र –मालिकामा ७ वटा वडामध्ये एमाले तीन, काँगेस दुई ,नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्यानलल एक÷एक –धौलागिरी ७ वडामध्ये ५ एमाले १÷१ माओवादी र काँग्रेस –रघुृगंगा ८ वडा मध्ये ७ वडा काँग्रेस, एकमा माओवादी केन्द्र, –मंगलामा पाँचमध्ये चार वटामा एमाले र एक वटा वडामा माओवादी केन्द्र, –अन्नपूर्णमा ८ मध्य चारमा काँग्रेस, तिन वटामा एमाले र एक वटामा माओवादी केन्द्र विजयी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप