शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियाको सिड्नीमा ‘लभ लभ लभ’

बिहीबार, ०४ जेठ २०७४, १४ : ०९
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४ – स्वदेश प्रदर्शनमा सफल देखिएको चलचित्र अष्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । यहि शनिबार अर्थात जेठ ६ गते चलचित्र सिड्नीको इभेन्ट सिनेमासमा प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ । चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारको पनि चलचित्रमा मुख्य भुमिका छ । एक सामान्य परिवारको यूवायुवतीको कथा उठाएको चलचित्र १ वैशाखमा स्वदेश रिलिज भएको थियो । दीपेन्द्र के खनाल निर्देशित चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप