शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पुँजी वजार सामान्य घट्यो, ७८ करोडको कारोवार

बिहीबार, ०४ जेठ २०७४, १६ : १५
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४–सेयर कारोवारका हिसावले साताको अन्तिम दिन आज पुँजी वजार सामान्य घटेको छ । आज वजार ० दशमलव ३९ अंकले घटेर एक हजार ६ सय ४३ दशमलव ८७ अंकमा अडिएको छ । एक सय ४६ कम्पनीले १२ लाख ७ हजार ६ सय ९ कित्ता सेयर किनवेच भएको आज ७८ करोड १२ लाख ६९ हजार ८ सय ८४ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ र ‘अन्य’ समूहको सूचक घटेका छन् भने वाँकी समूहको वढेको छ । होटल समूहको सूचक ३५.७४ अंकले बढेको आज विकास बैंक समूहको सूचक १३.४८ अंकले वढेको छ । जलविद्युत समूहको सूचक २५.२८ अंकले वढेको आज फाइनान्स समूहकोसूचक भने ५.१९, बीमा समूहको सूचक २९.१९ र उत्पादनमुलक समूहको सूचक ३५.११ अंकले वढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप