अन्तर्राष्ट्रिय अदालतले जाधवको मृत्युदण्डमा रोक लगायो
बिहीबार, ०४ जेठ २०७४, १६ : ५१
बीबीसी जेठ ४ – हेगको अन्तर्राष्ट्रिय अदालले पाकिस्तानको जेलमा बन्द भारतका कुलभूषण जाधवको मृत्युदण्डको सजायँमा रोक लगाएको छ ।
अदालतले जबसम्म मामलाको अन्तिम निर्णय हुँदैन तबसम्म फाँसीको सजायँ दिन नसकिने बताएको छ ।
कुलभूषण जाधवलाई पाकिस्तानको सैन्य अदालतले जासूसीको आरोपमा फाँसीको सजायँ तोकेको छ ।
जाधवको फाँसी रोक्नका लागि भारतले इन्टरनेशनल कोर्ट अफ जस्टिस अर्थात् आइसिजेको ढोका ढक्ढकाएको थियो ।
आइसिजेका प्रेसिडेन्टले कुलभूषण जाधवको फाँसीमाथि बाँकी सुनुवाई समाप्त नभएसम्म रोक लगाउने निर्णय सबै न्यायाधिसले सर्वसम्मतीले लिइएको निर्णय भएको बताए । अन्तर्राष्ट्रिय न्यायालयमा ११ न्यायाधिसको बेन्चले पाकिस्तानको जेलमा बन्द कुलभूषणको पक्राउको स्थितीको विषयमा अहिलेसम्म पनि विवाद भएको बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण