शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राप्रपासहित सत्तारुढ दलको बैठक बालुवाटारमा

बिहीबार, ०४ जेठ २०७४, १७ : २२
बिहीबार, ०४ जेठ २०७४
काठमाडौ, जेठ ४– संविधान संशोधन बिधेयक, दोस्रो चरणको स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न राप्रपासहित सत्तारुढ दलको बैठक बालुवाटारमा बसेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, बर्षमान पुन सहभागि छन् भने नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, बिमलेन्द्र निधी सहभागि छन् । त्यस्तै राप्रपाबाट कमल थापा, सुनील थापा र विक्रम पाण्डे सहभागी छन् । बैठकमा संविधान संशोधन प्रस्ताव आगामी संसद बैठकमा कसरी अघि बढाउने तथा दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपालाई कसरी सहभागी गराउने भन्नेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप