शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२०२ स्थानको परिणाम आयो, कसले कति जिते ?

बिहीबार, ०४ जेठ २०७४, १८ : ०३
बिहीबार, ०४ जेठ २०७४
काठमाडौ, जेठ ४– प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानमा पहिलो चरणमा भएको स्थानीय निर्वाचनको २ सय २ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ८१ स्थानीय निकायको मत परिणाम आउने क्रममा छ । बिहीबार साँढे ५ बजेसम्मको नतिजामा सवैभन्दा अगाडी नेकपा एमालेले आफ्नो अग्रता कायमै छ । उसले ८० स्थानको प्रमुख पद कव्जा गरेको छ । त्यस्तै प्राप्त परिणाम अनुसार ७७ स्थानमा जित्दै नेपाली कांग्रेसले दोस्रो स्थान यथावत राखेको छ । तेस्रो शक्ति बनेको माओवादी केन्द्र अहिलेको यो निर्वाचन परिणाममा पनि तेस्रो स्थानमै छ । उसले अहिलेसम्म ३९ स्थानीय निकायको प्रमुख पद हात पारेको छ । योसँगै ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप