शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गल्छी गाउँपालिकामा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, १८ : २९
बिहीबार, ०४ जेठ २०७४
मलेखु (धादिङ), जेठ ४ – गल्छी गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारले विजय हासिल गरेका छन् । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले छ हजार ५१ मत प्रप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कार्कीले पाँच हजार २०७ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा एमालेका राधा तिमल्सिना छ हजार ८८० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मीरा झ्यारीले तीन हजार १८४ मत प्राप्त गर्नुभयो । आठ वडा रहेको गल्छी गाउँपालिकामा ४ नं वडाध्यक्ष मात्र काँग्रेसका उम्मेदवार विजयी हुनुभयो । सो वडाका सदस्य एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । अन्य सबै वडामा एमालेका उम्मेदवार विजयी हुनुभयो । विजयी वडाध्यक्षमा वडा नं १ मा पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल, ३ मा कपिल रेग्मी, ४ मा राजु अधिकारी, ५ मा प्रेम तामाङ, ६ मा राजन श्रेष्ठ, ७ मा हरि खतिवडा र ८ मा भरत तामाङ हुनुहुन्छ । पन्ध्र हजार ५२८ मतदाता रहेको सो गाउँपालिकामा १२ हजार ३९५ जनाले मतदान गरेका थिए । गल्छी गाउँपालिकामा काँग्रेस माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार तय गरी अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप