एमालेले पहिले विजय घोषणा गरेको थाहा नगरपालिकामा माओवादी केन्द्रको जित
बिहीबार, ०४ जेठ २०७४, १८ : ४१
हेटौँडा, जेठ ४ – नेकपा (एमाले)ले दुइदिन अगाडी नै जितको घोषणा गरेको मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) का लवशेर विष्टले अध्यधिक मत ल्याएर विजयी भएका छन् ।
उनले सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । यस अघि सोसल मिडिया टुइट मार्फत एमालेका नेता योगेश भट्टराई, प्रदिव ज्ञावली लगायतले मत गणना हुदै गर्दा नै जितको घोषणा गरेका थिए । तर, उनको सामाजिक संजालमा निकै आलोचना हुन पुगेको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विष्णु ढकालले पाँच हजार ३७८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका खड्ग गोपालीले पाँच हजार ६५० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कल्पना गोपालीले पाँच हजार ६०० मत प्राप्त गर्नुभयो ।
थाहा नगरपालिकाको अहिलेसम्म मतगणना सम्पन्न भएका १० वडामध्ये पाँचमा माओवादी केन्द्र र पाँच वटामा एमाले विजयी भएको छ । सो नगरपालिकाको वडा नं १ को वडाध्यक्षमा हेरमान गोपाली (माओवादी केन्द्र), ३ मा राजेश केसी (माओवादी केन्द्र), ४ मा दीपकसिंह लामा (माओवादी केन्द्र), ५ मा विष्णुबहादुर गुरूङ ९एमाले०, ६ मा शशिधर सुवेदी ९एमाले०, ८ मा टीकाराम रूम्बा (माओवादी केन्द्र), ९ मा पर्शुराम श्रेष्ठ (माओवादी केन्द्र), १० मा हिराबहादुर गमाल (एमाले), किरणमान बल (एमाले) र वडा नं १२ मा मानबहादुर स्याङ्तान (एमाले) विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण