कोलम्वियामा विस्फोटनमा परी छ जनाको मृत्यु
बिहीबार, ०४ जेठ २०७४, १९ : ०६
बोगोटा, जेठ ४ – कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।
राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सो घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको घटनास्थल मै मृत्यु भएको थियो भने, अरु तीन जनाको अस्पतालमा मृत्यु भएको हो ।
घाइतेमध्ये अधिकांशको शरीर जलेको छ । उनीहरु सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण