यस्तो छ, थप १२ स्थानीय तहको परिणाम
बिहीबार, ०४ जेठ २०७४, १९ : १०
काठमाडौं, जेठ ४– वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म २०२ स्थानको परिणाम आइसकेको छ ।
झण्डै २० वर्षपछि भएको स्थानीय तहको परिणाममा राजनीतिक दलहरुले आ–आफ्नो पकड दावी गरेका स्थानमा भने परिणाम उल्टो आएको छ ।
विहीबार केही गाउँ तथा नगरपालिकाको परिणाम आएको छ । पछिल्लो परिणामअनुसार बागलुङ नगरपालिकामा बाम–राप्रपा प्यानलका एमाले नेता जनक पौडेल मेयरमा र राप्रपा नेता सुरेन्द्र खड्का उपमेयरमा विजयी भएका छन् ।
यस्तै, स्याङजाको वालिङ नगरपालिकामा नेपाली कांग्रेसका दीलिपप्रताप खाँड विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै कल्पना तिवारी विजयी भएकी छन् ।
स्याङ्जाको विरुवा गाउँपालिकामा भने एमालेका चुनप्रसाद शर्मा शर्मा विजयी भएका छन् । विरुवा गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै देवी थापामगर विजयी भइन् ।
सल्यानको बनगाड नगरपालिकाको मेयरमा एमालेका गोविन्द पुन विजयभी भए भने उपमेयरमो माओवादी केन्द्रकी मन्जु यरी विजयी भइन् ।
यस्तै, पर्वतको कुश्मा नगरपालिकामा कांग्रेसका रामचन्द्र जोशी विजयी भएका छन् भने पर्वतको मादी गाउँपालिकामा एमालेका प्रेम पौडेल बिजयी भएका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेका शम्भुकुमार थापा विजयी भएका छन् भने उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भइन् । दोलखाको तामाकोशी गाउँपालिकामा एमालेकै ईश्वरचन्द्र पोखरेल विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै उर्मिला केसी विजयी भइन् ।
यता, एमाले सचिव समेत रहेका योगेश भट्टराईले एमाले विजयी भएको भनी दुई दिनअघि घोषणा गरेको मकवानपुरको थाहा नगरपालिकामा भने माओवादी केन्द्र विजयी भएको छ । थाहा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्ट विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण