चीनमा आगो नियन्त्रण गर्न एक हजार छ सय जनाको प्रयास
बिहीबार, ०४ जेठ २०७४, १९ : १०
होह्हट (चीन), जेठ ४ – चीनको उत्तरतर्फ पर्ने भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा अवस्थित जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न एक हजार छ सय जनाभन्दा बढी व्यक्ति प्रयासरत रहेका छन् ।
आगलागी नियन्त्रण गर्न प्रयास गर्नेमा बनमा खटिएका सुरक्षागार्डलगायत एक हजार छ सयभन्दा बढी व्यक्ति रहेका जनाइएको छ ।
चेनबाएर्हु व्यानरमा गत बुधबार देखि सुरु भएको डढेलो बिहीबार मध्याह्नसम्म झण्डै पाँच हजार हेक्टर क्षेत्रफलमा फैलिएको अधिकारीको भनाइ छ ।
आठ ओटा विमान र छ ओटा सवारी साधनसमेत परिचान गरेर आगो नियन्त्रण गर्न प्रयास भइरहेको छ ।
यद्यपी आवश्यक भएमा वन सुरक्षाको लागि खटिएका अन्य एक हजार सात सयभन्दा बढी सुरक्षाकर्मी यस डेढेलो नियन्त्रणको लागि तयार रहेका बताइएको छ ।
गर्मीको समयमा भित्री मङ्गोलियाको तापक्रम अरु बेला भन्दा अत्याधिक धेरै हुने भएकाले बनजङ्गलमा सुख्खा भइ आगालागीको खतरा बढी हुने गरेको छ । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण