शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुकुमको पूरै छ स्थानीय तहमा माओवादी केन्द्रको जित

बिहीबार, ०४ जेठ २०७४, २० : २३
बिहीबार, ०४ जेठ २०७४
रुकुम, जेठ ४ – गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा यहाँका छ वटै स्थानीय तहमा नेकपा(माओवादी केन्द्र) ले जितेको छ । मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् । मुसिकोट नगरपालिका प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम चार हजार ३५० मतले विजयी हुनुभयो भने प्राप्त गर्नुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र केसीले चार हजार १७४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पनि माओवादी केन्द्रकै प्रेमकुमारी सुनार चार हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा बालकुमारी गिरीले चार हजार १५८ मत प्राप्त गर्नुभयो । आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार गोर्खबहादुर केसीले काँग्रेसका धीरेन्द्र बटाला र माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार गीता नेपालीले काँग्रेसकी अनिता बुढालाई पराजित गर्नुुभएको हो । यस्तै चौरहजारी नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका क्रमशः विशाल शर्मा र राधा रोका विजयी बन्नुभएको छ । दुवै जनाले नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो । यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती र निर्मला विष्ट विजयी हुनुभएको छ । दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो । सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका नरबहादुर पुन विजयी काँग्रेसका गोरखप्रसाद चन्दलाई पराजित गरी विजयी हुनुभएको हो । बाँफिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी र मनकला पुन विजयी बन्नुभएको हो । उहाँहरु दुवैले काँग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । निर्वाचन भएका यहाँका ७३ वडामध्ये ५८ वडामा जित हात पारेको छ । यहाँ काँग्रेसले १३ र एमालेले दुई वडामा जितेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप