‘प्रदेश र सङ्घीय संसद्को निर्वाचन पनि समयमै हुनुपर्छ’
बिहीबार, ०४ जेठ २०७४, २१ : १०
सुरुङ्गा (झापा), जेठ ४ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो –“पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले ‘हावा’ खाएको तथा पहिलो र दोस्रो चरणको निर्वाचनको मिति बीचको दूरी लामो हुनुले नकरात्मक असर परेको छ ।”
नेता खनालले अहिलेको राजनीतिक तालमेलले कुनै प्रभाव नदेखिएकाले दोस्रो चरणको निर्वाचनका लागि को सँग कसरी तालमेल गर्ने पार्टीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनले देशमा वैधानिक गति लिएको बताउँदै उहाँले भन्नुभयो, “अब प्रदेश र सङ्घीय संसद्को निर्वाचन पनि समयमा नै हुनुपर्छ ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण