घुस लिएको अभियोगमा दुई उपसचिवसहित चार पक्राउ
बिहीबार, ०४ जेठ २०७४, २१ : १३
काठमाडौँ, जेठ ४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमिल्सिना र रामहरि रिजालसहित चार जनालाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जनज्योति मावि लालबन्दी सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रअ विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा रु चार लाख घुस लिँदालिँदै पक्राउ गरिएको हो ।
उनीहरुलाई लालबन्दी नगरपालिका–७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण