शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ता पक्राउ गरेकोमा मानवअधिकारवादी संस्थाहरुको विरोध

बिहीबार, ०४ जेठ २०७४, २१ : १९
बिहीबार, ०४ जेठ २०७४
रविन्द्र काफ्ले फिदिम (पाँचथर), जेठ ४– मानवअधिकारवादी संघ संस्थाहरुले नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ परेको तथा उक्त विषयमा जानकारी लिन खोज्दा प्रहरी प्रमुखले पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै विरोध जनाएका छन् । इन्सेक पाँचथर, हुकोडेक, प्याग नेपाल र पूर्वाञ्चक मानव अधिकार रक्षक परिषद् नेपालले संयुक्त विञ्प्ति जारी गरी विरोध जनाएको हो । नेकपाका जिल्ला इन्चार्ज अर्जुन आचार्य ‘सौगात’ सहित अन्य कार्यकर्ताहरु वीरेन्द्र मंग्राती, सागर लिम्बू ‘सकल’ र शेरबहादुर लिम्बूलाई प्रहरीले वुधवार उनीहरु डेरा गरी आएको कोठाबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको विषयमा उनीहरुसँग भेटघाट गर्न तथा जानकारी लिन खोज्दा पाँचथर प्रहरी प्रमुख नकुल पोखरेलले अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गरेको ती संघ संस्थाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । उनीहरु पक्राउ परेको विषयमा जानकारी लिन खोज्दा डिएसपी पोखरेलले ‘दुनियाँ मान्छे भोकै नाङ्गै हुँदा मानवअधिकारवादीले नदेख्ने, ठूला मान्छेलाई सानो केही हुँदा चासो हुने गरेको’ भन्दै उनीहरु पक्राउ परेका विषयमा जानकारी दिन आनाकानी गरेका थिए । यस्तै, पक्राउ परेकाहरुलाई भेट्न समेत उनले रोक लगाएका थिए । प्रहरीले अपराहन्न ३ देखि ५ बजेसम्म हिरासतमा रहेकाहरुलाई भेट्ने समय छुट्टयाएको भएपनि सोही समयमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरु भेट्नबाट रोक लगाएको छ । अधिकारवादी संघ संस्थाहरुले नेकपाका कार्यकर्ताहरुलाई हिरासतमा लिँदा कुन ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको हो भनी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुको कसुर प्रमाणित हुने सम्मको प्रकृया अवलम्वन गर्न तथा हिरासतमा रहेका व्यक्तिहरुलाई आफन्त, कानून व्यवसायी एवं मानवअधिकारवादीसँग भेट्ने मौका दिन माग गरेका छन् । अधिकारवादी संघ संस्थाहरुले मानवअधिकारमैत्री व्यवहार गर्न स्थानीय प्रशासन समक्ष माग समेत गरेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा सम्बद्ध पत्रकारदेखि कलाकारसमेतलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप