शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मतगणना नसकिदै दोस्रो चरणको निर्वाचनमा चाँडो मतगणना गर्ने आयोगको तयारी

बिहीबार, ०४ जेठ २०७४, २१ : १७
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं,जेठ ४ – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी गराउनुभयो । गत वैशाख ३१ गते भएको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्वाचनको मतगणना छिटो गर्ने तयारी गरिएको हो । “पहिलो चरणमा ढिलो मतगणना भएको पाइयो”, उहाँले भन्नुभयो, “अब दोस्रो चरणका लागि भने हामीले थप जनशक्ति लगाएर चाँडो मतगणना गर्दछौँ ।” निर्वाचन भएको चार दिन भइसक्दा पनि अहिलेसम्म बढी मतदाता भएका स्थानीय तहको १५ देखि २० प्रतिशत मात्र मतगणना भएको छ । प्रदेश नं ३, ४ र ६ का २८१ स्थानमा निर्वाचन भए पनि अहिलेसम्म करिब आधा स्थानीय तहको मात्र नतिजा आएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप