शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सान्जेन जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्न सम्झौता

बिहीबार, ०४ जेठ २०७४, २१ : २५
बिहीबार, ०४ जेठ २०७४
काठमाडौँ, जेठ ४ – सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच आज सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सान्जेनले पहिलो चरणको सेयर निस्कासनका लािग छुट्टयाइएको समूह ‘ग’ बमोजिमको क्रृण दाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, समूह ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह–निस्कासन कम्पनीबीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप