शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यात्रुबाहक बस दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु ३० जना घाइते

शनिबार, ०६ जेठ २०७४, १९ : ०८
शनिबार, ०६ जेठ २०७४
अखिलेश कुमार यादव बारा, जेठ ६– बाराको जितपुर सिमरा उपमहानगरपालीका अन्गर्तगत पथलैया अमलेखगञ्ज बिचको आधाभार जंगलमा शनिवार बिहान रात्रीबस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बिहान ५ः१५ बजेको समयमा भएको दुर्घटनामा परि धनुषा जिल्ला सिर्सिया ३ बस्ने अन्दाजी ३० वर्षीया गर्भवति महिला र महोत्तरी रतौली ६ बस्ने अन्दाजी ४५ वर्षीय बल्ला यादवको र एक जना पहिचान खुल्न बाँकी रहेको मृत्यु भएको हो । काठमाण्डौबाट जनकपुर तर्फ आउदै गरेको ना ७ ख १६४१ नम्बरको रात्रिबस अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ । दुर्घटनामा पनि ३० जना घाईते भएकोमा ६ जनाको अवस्था गम्भिर रहेको छ । घाईते मध्ये गम्भिर ६ जनाको बिरगञ्ज हेल्थ केयर्मा उपचार भइरहेको छ भने अन्य घाइतेको सिमरास्थित तराई सिमरा अस्पतालमा उपचार भइरहेको छ । बसका चालकको लापरबाहीका कारण दुर्घटना भएको चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप