यी हुन् लमजुङका दुई नगरपालिका र गाउँपालिकामा विजयी महिला प्रतिनिधिहरु
लमजुङ, जेठ ७–लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिलाहरु विजयी भएका हुन् ।
सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी ज्ञानु शाह बिजयी भएकी छन् । उनले ४ हजार ३ सय २३ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओबादी केन्द्रकी शान्ता भुजेलले ३ हजार चार सय ७९ मत ल्याएकी थिइन् । मेयरमा भने एमालेका जनकराज मिश्र विजयी भएका छन् । यस्तै बेसिशहर नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी लक्ष्मीदेवी अधिकारी निर्वा्चित भएकी छन् । उनले ७ हजार ५ सय ७५ मत प्राप्त गरिन् । यस्तै उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्दिरा तिवारीले ६ हजार ९ सय ७३ मत ल्याएकी थिइन् । बेसिशहर नगरपालिकाको मेयरमा भने एमालेका गुमानसिंह अर्याल विजयी भएका छन् भने वेसीशहर नगरपालिका वडा नम्बर ८ मा एमालेकै पवित्रा राना मगर वडा अध्यक्षमा विजयी भएकी हुन् । दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ निर्वा्चित भइन् । उनले २ हजार ४ सय १३ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सतिमाया तामाङले १ हजार ७ सय ५६ मत ल्याइन् । यस्तै लमजुङको क्व्होलासोंथर गाउँपालिकाको उपप्रमुखमा नेकपा एमालेकी कुमारीमुनी गुरुङ निर्वा्चित भइन् । गुरुङले ३ हजार ३ सय ११ मत ल्याएर निर्वा्चित भएकी हुन् । उनको प्रतिद्व्रन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले १ हजार ७ सय ४७ मत प्राप्त गरिन् । ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा एउटा वडामा मात्र वडा अध्यक्ष पदमा महिला निर्वा्चित भएकी छिन् । वडा नम्बर ७ मा दिलकुमारी गुरुङ अध्यक्षमा निर्वा्चित भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण