पोखरा महानगरको अवरुद्ध मतगणना अझै सुरु भएन, सर्वदलीय बैठक नै अनिश्चित
कास्की, जेठ ७ – पोखरा–लेखनाथ महानगरपालिकामा फर्जी मत भेटिएपछि स्थगित भएको मत गणना अझै सुरु हुन सकेको छैन । महानगरको १७ नम्बर वडाको मत गणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि शनिबारबाट मतगणना स्थगित भएको हो ।
सूर्य चिन्हमा स्वस्तिक छाप ठुलो आकारको भेटिएको भन्दै माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि स्थगित मतगणना पुन सुचारु हुन नसकेको हो । शनिबारबाट स्थगित मतगणना आज आइतबार विहानै सर्वदलिय बैठक बसेर सहमति गर्ने भनिएपनि आईतबार विहान १० बजेसम्म पनि सर्वदलीय बैठक नै बस्न सकेको छैन ।
सर्वदलिय बैठकका लागि एमालेका प्रतिनिधिहरु विहानै मतगणनास्थल आइपुगेपनि कांग्रेस माओवादीका प्रतिनिधि नआउँदा सर्वदलिय बैठक बस्न नसकेको स्थानीय पत्रकार भुपाल गुरुङले रातोपाटीलाई बताए ।
३३ वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकाको १५ वटा वडाको मत गणना भैसकेको छ । जसमा कांग्रेसले आठ र एमालेले सात वटा वडाअध्यक्ष जितेका छन् ।
अझै १७ वटा वडाको मत गणना बाकी छ । १५ वडाको मत गनिसक्दा पोखरालेखनाथमा मेयरमा एमालेका मानबहादुर जिसीले अग्रता लिँदै आएका छन् । जिसीले २० हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका रामजी कुवँरले १८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण