शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारद्धारा बस्न्यात र शर्मा अनुमोदित

आइतबार, ०७ जेठ २०७४, ०६ : ०८
आइतबार, ०७ जेठ २०७४
काठमाडौँ, जेठ ७ – व्यवस्थापिका–संसद् संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टङ्कमणि शर्माको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले अख्तियार प्रमुखका लागि प्रस्तावित बस्न्यात र महालेखा परीक्षकका लागि प्रस्तावित शर्मा नियुक्तिका लागि योग्य रहेको ठहर गर्दैै दुवैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए । योग्यता, क्षमता र अनुभव सबैमा योग्य देखिएकाले अख्तियार प्रमुखमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति गुरुङले बताए । संवैधानिक परिषद्को केही दिन पहिले बसेको बैठकले आयोग र परीक्षकको कार्यालयका प्रमुख नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा आयोगका प्रमुख आयुक्तमा प्रस्तावित बस्न्यात र महालेखा परीक्षकमा प्रस्तावित शर्माले आआफ्नो योग्यता र कार्य क्षमताका विषयमा जानकारी गराएको थियो । दुवै जनालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप