दूध पिउँदा यस्ता फाइदा
शुक्रबार, १९ जेठ २०७४, ११ : १८
बाबुकाजी पन्त उप–कार्यकारी निर्देशक राष्ट्रिय दुग्ध विकास बोर्ड
मानव जीवनमा दैनिक कार्य, शारीरिक क्रियाकलाप, शारीरिक विकासका लागि प्रशस्तै शक्ति आवश्यक पर्छ । यस्तो शक्ति दूधको उपभोगबाट सजिलै प्राप्त गर्न सकिन्छ । बालक, वृद्ध व्यक्तिहरूले मात्र नभई युवाहरूले पनि नियमित रूपमा दूध तथा दुग्ध पदार्थ सेवन गर्दा शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिनजस्ता शरीरलाई चाहिने अत्यावश्यक तत्व हुन्छ । पौष्टिक महत्वका साथै दूध सुपाच्य हुने कारण शिशु एवं रोगी तथा वृद्ध मानिसलाई निकै लाभदायक हुन्छ । नेपालमा खाद्य नियमावलीअनुसार प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवं ८ प्रतिशत चिल्लोरहित अन्य ठोस पदार्थ हुनुपर्छ । यसकारण प्रशोधित दूधमा हुने ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।
चिल्लो पदार्थ: दूधमा हुने चिल्लो पदार्थले शक्तिलाई सञ्चय गर्छ । मानिस बिरामी भएको वेला या शरीरमा शक्तिको कमी भएको समयमा शरीरले आन्तरिक रूपमा यही शक्तिको उपयोग गर्छ । यसरी मानिसलाई कमजोर हुन दिँदैन ।
प्रोटिन: हाम्रो शरीर प्रोटिनयुक्त तन्तु, कोषिका, रगत आदि मिलेर बनेको हुन्छ । शरीरको दु्रततर विकासका लागि प्रोटिन अत्यावश्यक हुन्छ । यो दूधबाट पर्याप्त मात्रामा पाउन सकिन्छ ।
ल्याक्टोज: दूधमा हुने ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गर्छ । जसले गर्दा शरीरमा आलस्य उत्पन्न भएको समयमा तुरुन्त स्फूर्ति आई पुनः काममा सक्रिय हुन मद्दत पुर्याउँछ ।
भिटामिन: दूधमा भिटामिन ए, डी, ई, के, सी÷बी कम्प्लेक्स पाइन्छ । भिटामिन एले रतन्धो हुनबाट जोगाउनुका साथै शारीरिक विकासमा पनि सहयोग गर्छ । भिटामिन डीले हड्डी मजबुत बनाउँछ । भिटामिन ईले मांसपेशी मजबुत बनाउनुका साथै पक्षघात हुनबाट जोगाउँछ ।
त्यसैगरी, भिटामिन केले चोटपटक लागेको वेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट जोगाउँछ । भिटामिन ईले गिजा सुन्निनबाट बचाउँछ । भिटामिन बी कम्प्लेक्सले शारीरिक वृद्धि हुने तथा खाना खान रुचि जगाउन सहयोग गर्छ ।
खनिज पदार्थ: शरीर वृद्धिका लागि आवश्यक पर्ने लवण तथा खनिज पदार्थ दूधमा पाइन्छ । जसले शरीरको सन्तुलित विकासमा ठूलो सहयोग गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण