आरु खानुका फाइदा थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं
एजेन्सी
जेठ १९ – आरु गर्मी मौसमको निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो नै यसका साथै यसमा पाइने एन्जाइम, भिटामिन र फाइबर स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसका बोक्रामा पनि धेरै मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।
यसले आँखालाई स्वस्थ राख्नुका साथै यसले आँखाको ज्योती पनि बढाउँछ । आरुमा बिटा क्यारोटिन पाइन्छ जसे शरिरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यकता छ । भिटामिन ‘ए’ रेटिनालाई स्वस्थ राख्नमा निकै स्वस्थ मानिन्छ ।
तौल नियन्त्रणमा राख्छः
यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा भरपूर पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा पाइने फाइबरको मात्रा पेट र कलेजोबाट टक्सिनलाई हटाउन सहयोग गर्दछ ।
एन्टी अक्सिडेन्टले भरपुरः
आरुमा आवश्यक एन्टीअक्सिडेन्ट हुन्छ जसले वुढ्यौलीको प्रक्रियालाई स्लो बनाउँछ । यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।
मृगौलाको लागि लाभकारीः
यसमा पाइने पोटासियम मृगौलाका लागि निकै फाइदाजनक छ । यो तपाईंको पिसाब थैलीका लागि क्लिंजिङ एजेन्टको रुपमा काम गर्दछ जसले हामीलाई मृगौलाको रोगबाट टाढा राख्छ ।
हड्डी बलियो बनाउँछः
आरुमा पाइने क्याल्सियम र फस्फरोसले हड्डीलाई बलियो बनाउनुका साथै दाँतलाई पनि बलियो बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण