भारतीय अवरोधका कारण नारायणीमा आयोजना अलपत्र
शनिबार, २० जेठ २०७४, १० : ०५
नवलपरासी, २० जेठ - सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ ।
भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बाँकी छ ।
सुस्ता संरक्षण गर्ने उद्देश्यले सरकारले गरेको तटबन्धको काममा भारतले लगाएको अवरोधप्रति सुस्तावासी निकै आक्रोशित भएका हुन् । नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपाल सरकारलाई भारतसँग सहजीकरण गर्न माग गरेका छन् ।
भारतीय पक्षको अवरोधका कारण नेपाल सिमानासम्म पनि तटबन्ध गर्न नसकिएको जनाउँदै सुस्तावासीले कूटनीतिक पहलबाट सो समस्या समाधान गर्न नेपाल सरकारलाई गुहारेका हुन् ।
जनताको तटबन्ध कार्यक्रमानुसार सरकारले सुस्ता क्षेत्रमा पानी र बाढीको समस्या समाधान गर्न तटबन्ध लगाउन थालेको हो । बाँकी नेपाली भूमिको भागमा भारतीय पक्षले तटबन्ध गर्न नदिएका कारण बाँकी केही भाग तटबन्ध गर्ने कार्य रोकिन गएको छ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
सुस्तामा हालसम्म करिब जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब छ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आवमा २०७३÷०७४ मा करिब रु दुई करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयले जनाएको छ ।
सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ । साबिक त्रिवेणी सुस्ता गाविस र हालको त्रिवेणी सुस्ता गाउँपालिकामा पर्ने सुस्ता गाउँमा करिब दुई हजार पाँच नेपाली समुुदायको जनसङ्ख्या छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण