शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुड पोइजिङले आमा–छोराको मृत्यु

शनिबार, २० जेठ २०७४, १० : १३
शनिबार, २० जेठ २०७४

- धिरन खत्री  बेनी, २० जेठ - म्याग्दीको मँगला–५ छिस्वाङमा आमा छोराको फुड पोइजिङका कारण ज्यान गएको छ । स्थानीयको सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल म्याग्दीमा ल्याएका थिए । शुक्रबार बिहान ढिडोसँग आलु र भेन्टाको तरकारी खाएका थिए । खाना खाँदै गरेका चारजना बेहोस भएपछि चारैजनालाई अस्पताल ल्याईएको थियो । बेनी अस्पतालमा उपचारका क्रममा रघुगंगा–८ पात्लेखर्कका २० बर्षीय चिना गुरुङको जिल्ला अस्पताल बेनीमा उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिए । चिनाकी १४ महिनाको छोरा प्रज्ञाको उपचारकोे क्रममा निधन भएको छ । श्रीमान प्रेम गुरुङ (पबहादुर), आमा झपीकलाको पोखरा मणिपाल अस्पतालमा उपचार भईरहेको छ । गुरुङको १४ महिनाको छोरा प्रज्ञाको शुक्रबार राति उपचारको क्रममा पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको पनि घिमिरेले जानकारी दिए । दुईबर्ष अघि विवाह गरेका उनीहरु केहिदिन अघि ससुराली आएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले उनीहरुले प्रयोग गरेको पिठो र तरकारी केन्द्रीय प्रयोगशालामा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप