शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनुवादक परिचय कोश आउँदै

शनिबार, २० जेठ २०७४, १० : ३४
शनिबार, २० जेठ २०७४
काठमाडौं २० जेठ - नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न भाषाबाट नेपालीमा र नेपालीबाट अङ्ग्रेजीलगायत विभिन्न अन्य भाषामा साहित्यिक कृति अनुवाद गर्ने अनुवादकहरुको ‘अनुवादक परिचय कोश’ निर्माण गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय वाङ्मय सङ्गोष्ठीमा यसै वर्षभित्र कोश तयार पार्न लागिएको प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्रा. डा. उषा ठाकुरले जानकारी दिए। कार्यक्रममा त्रिविका उपप्राध्यापक बलराम अधिकारीले अनुवादक परिचय कोशको परिकल्पना, निर्माण प्रक्रिया र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै अनुवादकले सर्जकलाई चिनाउने, फैलाउने र पाठककामा पु¥याउने गरे पनि हामीकहाँ सर्जकलाई चिनाउने व्यक्ति नै आफ्नो सर्जकीय पहिचानबाट वञ्चित रहेको बताए। सो कोशको निर्माणका लागि प्रा. डा. ठाकुरको मातहतमा छ सदस्य समिति गठन भएको छ । सो समितिले अनुवादकका बारेमा सूचना सङ्कलन गर्ने, सङ्कलित सूचनाका आधारमा उनीहरुको परिचय लेख्ने र सम्पादन गर्ने काम गर्दै आएको छ । प्रा गोविन्दराज भट्टराई कार्यकारी निर्देशक रहेको सो परियोजनाका सङ्कलक एवम् सम्पादकमा प्रा योगेन्द्रप्रसाद यादव, नवीन चित्रकार, बलराम अधिकारी, जयदेव भट्टराई र माधव लामिछाने छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप