शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

७ लाख २५ हजार भूकम्प प्रभावित मध्ये हालसम्म १२०५ परिवारलेमात्रै पाए तीन लाख ( जिल्लागत सूचिसहित)

शनिबार, २० जेठ २०७४, ११ : ३३
शनिबार, २० जेठ २०७४
काठमाडौं, जेठ २०–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७२ बैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भएका कूल ७ लाख २५ हजार १६८ परिवारमध्ये हालसम्म १२०५ परिवारले सरकारले दिने भनेको तीन लाख अनुदान पाएको जनाएको छ । सरकारी नियमअनुसार लाभग्राहीले पहिलो किस्तामा ५० हजार दोस्रो किस्तामा १ लाख पचार हजार र तेस्रो किस्तामा थप एक लाख गरी कूल तीन लाख पाउने व्यवस्था रहेको छ । इकाइका इन्जिनियर वीरेन्द्र कँडेलले कूल ७ लाख २५ हजार १६८ लाभग्राही मध्ये ५ लाख ८३ हजार ९९९ घरधुरीसाग अनुदान सम्झौता भएको जानकारी दिँदै ५ लाख ६४ हजार ४४८ घरधुरीले पहिलो किस्ता, २१ हजार २६० घरधुरीले दोस्रो र १२०५ घरघुरीले तेस्रो किस्ता समेत पाइसकेको जानकारी दिए । अनुदान पाउने लाभग्राहीको जिल्लागत विवरण यस्तो छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप