खानेपानी आयोजना अन्तिमचरणमा
फलेवास (पर्वत), २० जेठ । दक्षिण पर्वतको महाशीला गाउँपालिका–१ होस्राङ्दीमा निर्माणाधिन वृहत लिफ्ट खानेपानी आयोजना अन्तिमचरणमा पुगेको छ । आयोजनाको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको हो । झन्डै रु दुई करोडको लागतमा गत वर्षदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिमचरणमा पुगेको छ । स्थानीयवासीको रु ४२ लाख बराबरको जनश्रमदानसहित जिल्ला समन्वय समिति पर्वत र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाको रु एक करोड ६६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजनाको निर्माणकार्य थालिएको हो । होस्राङदीवासीलाई पर्याप्त खानेपानीको वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजनाको काम आगामी भदौभित्र सकिसक्ने लक्ष्य लिइएको छ । अहिलेसम्म कलेक्सन टेम्बर, इनटेक र बिजुली भवन निर्माण गरिसकिएको छ भने पाइप विछ्याउने विद्युत् लाइनको तार जडान गर्नेलगायतका काम सकिएको निर्माण समितिले जनाएको छ । अव दुईवटा भण्डारण ट्याङ्की र घर÷घरमा धारा जडान गर्न मात्र बाँकी रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वरी भुषालले जानकारी दिए । नौ सय मिटर तल रहेको कालिगहिरा मुहानबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी घर÷घरमा वितरण गरिने छ । विद्युतीय माध्यमबाट चल्ने उक्त आयोजनामा उपभोक्ताले पानी खपत गरेबापत धारामा जडान गरिएको मिटरमा उठेको रकम भुक्तान गर्नुपर्ने हुन्छ । घन्टाँै लागेर मुहानसम्म पुगेर पानी बोकेर खानुपर्ने उक्त ठाउँका बासिन्दाको समस्या उक्त आयोजनाले अव अन्त्य गर्ने भएको स्थानीय टीकाराम भुसालले जानकारी दिए । लिफ्ट खानेपानी आयोजनाबाट उक्त गाउँका करिब एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका– १२ ठूलीपोखरीमा पहिलोपटक गत वर्षदेखि लिफ्ट खानेपानी सञ्चालनमा आइसकेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासका लागि वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्छ : लिमा अधिकारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण