शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बेलायतको आर्मी हुँदै ब्रुनाई दरबारको सुरक्षा दिएपछि वडाध्यक्ष ताक्दै मानबहादुर

शनिबार, २० जेठ २०७४, २१ : ५२
शनिबार, २० जेठ २०७४

सिजन श्रेष्ठ सुनसरी, जेठ २०—सरकारी जागिर खाएपछि आफूलाई ठूलो भएको महशुस गर्ने बानी छ, नेपालीको । त्यसमा पनि बेलायतको आर्मी, सिंगापुरको पुलिस, भारतीय सैनिकमा भर्ती भएका तथा त्यसमा सेवा गरेर अवकास प्राप्त गरेका नेपालीको सान नै भिन्दै प्रकारका हुन्छ । आफू त फौजी मान्छे, फौजी स्टाइलले नै खानु पर्छ, हिड्नु पर्छ । आफ्नो पहिचान बनाईरहनु पर्छ भन्ने जस्ता कुराहरुमा सामान्यतः उनीहरुमा आडम्बर हुन्छ । । यसरी नै लाहुरे पेसाबाट समाजसेवामा आएका अथक योद्धाको विषयमा हामीले चर्चा गर्न लागेका छौ । जसले बेलायतको आर्मी भएर १५ बर्ष सेवा गरे भने १० वर्ष वुर्नाइ सरकारको सेवा गरे । तर अहिले उनी नेपाल फर्किएर सामाजिक सेवामा लागेका छन् । उनी अर्थात धरान–१८ निवासी पुर्व लाहुरे मानबहादुर राई ।

आगामी असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा धरान–१८ को वडाध्यक्षको उम्मेदवार बनेका छन् राई ।

२०१२ साल असार १५ गते खोटाङ जिल्लाको सोल्मामा जन्मिएका मानबहादुर राई सानै उमेरमा बेलायत आर्मीमा भर्ती हुन पुगे । लाहुरे परिवारमा हुकिएका मानबहादुरले त्यसवेला लाहुरे लाग्दा सुरुवातमा भिड्नु पर्ने गल्लामा सहभागि भएनन् । मामाको सल्लाह र अनुरोध बमोजिम धरानमा रहेको ब्रिटिस क्याम्पमा नाम लेखाउदा १५ दिन पछि आउनु भन्ने आदेश भएपछि २०३० कार्तिक ६ गते सन् १९७३÷१०÷२२ मा बेलायत आर्मीमा भर्ती भए मानबहादुर । त्यसपछि उनी बेलायत आर्मीको १५ बर्ष सेवा गरेपछि २०४४ सालमा पेन्सन पकाएर नेपाल फर्के । त्यसवेला पेन्सनमा आउँदा मासिक ३०० रुपैया पेन्सन आफूले पाएको कुरा उनले बताए । यसरी पेन्सनले मात्र आफ्नो जिविकोपार्जन हुन नसक्ने भएपछि उनी ब्रुनाई आर्मीमा भर्ती भए । त्यसवेला बेलायतको अवकास प्राप्त आर्मीलाई बु्रनाई दरबारको सुरक्षाको लागि भर्ती लिने गरिन्थ्यो । उनी २०४५ सालमा बुर्नाइ आर्मीमा भर्ती भए । त्यहाँ १० वर्ष काम गरेपछि उपदान लिएर २०५५ सालमा नेपाल फकिएभने त्यसयता बिदेश भ्रमणमा समेत गएका छैनन् । बरु उनले विभिन्न सामाजिक क्षेत्रमा काम गर्न सुरु गरे । जुन कार्य अझैं पनि जारी राखेका छन् । उमेरले ६० काटेपनि मानबहादुरमा जोस र जाँगर भने मरेको छैन् । सामाजिक काम गर्दा कुनै पनि प्रकारको आर्थिक हिनामिना, तथा सांस्कृतिक विचलनमा नपरेका मानबहादुर धरानकै समृद्ध वडाको रुपमा चिनिएको धरान उप–महानगरपालिका –१८ को लागि नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । उनी भन्छन् –‘थप सामाजिक सेवा गर्ने उद्देश्य लिएर वडाध्यक्षको उम्मेदवार भएको छु, ममा कुनै लोभ छैन र सामाजिक सेवामा नै अवको बाँकी जीवन अर्पण गर्छु ।’ उनले लामो समय समाजको लागि योगदान दिएकाले अब राजनीतिबाट पनि केहि गर्न चाहेकाले आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप