शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बुबाको स्मृतिमा मासिक १० हजारको 'तत्सम–तद्भव' छात्रवृति

आइतबार, २१ जेठ २०७४, ०९ : ००
आइतबार, २१ जेठ २०७४
-ध्रुवसागर शर्मा जेठ २१, म्याग्दी - म्याग्दीबाट वैदेशिक रोजगारीका लागि अमेरिका गएका एकजना युवाले आफ्ना बुबाको स्मृतिमा मासिक १० हजार राशिको “तत्सम–तद्भव”छात्रवृति स्थापना गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट घरभई हाल अमेरिकामा बस्दै आएका सुरज थापाले स्वर्गीय बुबा मिनवहादुर थापाको स्मृतिमा ज्यामरुककोट क्षेत्रका दुईजना विपन्न परिवारका विद्यार्थीलाई पाँच वर्षसम्म मासिक ५÷५ हजार रुपैयाँ वितरण गर्नेगरी छात्रवृत्ति कोष स्थापना गरेका हुन् । छात्रवृत्ति प्राप्त गर्नेमा अर्जुन मावि, कक्षा ११ मा अध्ययनरत छात्र शिव परियार र राधाकृष्ण आधारभूत विद्यालय गौश्वारामा कक्षा ८ मा अध्ययनरत छात्रा समिक्षा सुनार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप