शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अत्यधिक गर्मीले जनजीवन कष्टकर : बिरामीको संख्या बढ्यो, चिकित्सकको यस्तो छ सल्लाह

आइतबार, २१ जेठ २०७४, ०९ : ०६
आइतबार, २१ जेठ २०७४
धनुषा, २१ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । अहिले बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९–४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप