भारतीय हात्ती रोक्न विद्युतीय तारबार
आइतबार, २१ जेठ २०७४, ०९ : १०
कञ्चनपुर, २१ जेठ - भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ ।
बर्सेनि दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा माओवादी केन्द्रका बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो ।
तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट पाँच लाख, स्थानीय किसानको एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको ५० हजार गरी जम्मा सात लाखको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा विद्युतीय तारबार राख्ने कार्य पूरा गरिएको निर्माण समितिका अध्यक्ष तुलसिंह सुनारले बताए । तारबार गरिएपछि हात्ती नियन्त्रणमा टेवा पुग्ने उनले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण