सही नेतृत्व नभए गाउँ-गाउँमा सिँहदरबारको बिकृती बढ्न सक्ने
आइतबार, २१ जेठ २०७४, ०९ : ४६
केराबारी (मोरङ), २१ जेठ – माओबादी केन्द्रका पोलिट व्युरो सदस्य तथा मोरंग संयोजक गोपी अछामीले सही ढंगले जनतालाई बुझाउन नसक्दा राम्रा काम र एजेण्डाहरु ओझेलमा परेको बताएका छन ।
केरावारी गाउँपालिकामा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वराज्य मन्त्रीसमेत रहिसकेका अछामीले माओबादी पार्टी र उसको नेतृत्वले गरेको राम्रा काम जनतालाई बुझाउन सके बिजय हासिल हुने बताए ।
माओबादी केन्द्र र सरकारकै कारण गाउँ गाउँमा करोडौ बजेट आउन सफल भएको तर त्यसलाई परिचालन गर्ने सही नेतृत्व नभए गाउँ गाउँमा सिँहदरबारको बिकृती बढेर जाने बताए ।
उनले जनयुद्ध, जनआन्दोलनको उपलव्धिलाई व्यवहारमा सार्थक बनाउन अब स्थानीय तहको निर्वाचनमा बिजयी हासिल गरेर नेतृत्व लिन कार्यकर्तालई आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) एक नम्बर प्रदेश ईन्र्चाज गीता तिम्सिनाले जनतालाई पुर्ण अधिकार दिलाउनका लागि माओवादी पार्टी हारेर पनि जित्ने पार्टी भएकोले निर्धक्कसाथ सबैले निर्वाचनकालागि संघर्ष गर्न आग्रह गरिन् ।
माओबादी केन्द्र, केरावारीका संयोजक राम कार्कीले उम्मेदवारले मत माग्न जाँदा आफना एजेण्डासँगै पार्टी नेतृत्वले गरेको सरकारको राम्रो कामको प्रचार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केरावारी गाउँपालिका माओवादी केन्द्रका अध्यक्षका उम्मेदबार हस्तबहादुर लिम्बु र उपाध्यक्ष उम्मेदबार मनमाया सुबेदीले केरावारीमा प्राकृतिक स्रोतको दोहन गर्नेहरु नै गाउँको बिकास गर्छु भन्दै उम्मेदबार बनेकोले आफुहरुको बिजय सुनिश्चित भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण