शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विपन्न परिवारका लागि कपिलवस्तुमा ४ सय ४० घर

आइतबार, २१ जेठ २०७४, ०९ : ५८
आइतबार, २१ जेठ २०७४
-चुरामणि अर्याल जेठ २१, कपिलवस्तु - गरीबीको रेखा मुनि रहेका विपन्न परिवारका लागि कपिलवस्तुमा यस बर्ष ४ सय ४० घर निर्माण गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण डिविजन कार्यालय भैरहवाको अगुवाईमा जनता आवास कार्यक्रम अन्तर्गत ती घरहरु निर्माण हुने भएका हुन् । जिल्लामा भएका विभिन्न सर्वेक्षणका आधारमा छनौट भएका विपन्न परिवारहरुका लागि घर निर्माणको प्रक्रिया सुरुवात गरिएको छ । जिल्लाको वाणगंगा नगरपालिका ३ सुठौली र तत्कालिन अभिराव गाविस स्थित दुई छुट्टाुछुट्टै घरको शिलन्यास भएको छ । शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्मा र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले शनिबार संयुक्त रुपमा दुई घरको शिलन्यास गरेका छन् । घरको शिलन्यास गर्दै सचिव शर्माले विपन्न परिवारलाई घर निर्माण भए पछि बस्न सजिलो हुने बताए । महानिर्देशक शर्माले कार्यक्रम अन्तर्गत जिल्लामा निर्माण हुन लागेका घरहरुको मापदण्ड तोकिए अनुसार निर्माण गर्नुपर्ने बताएका छन् । पक्की दिवाल र टिनको छानो सहितको घर निर्माण प्रक्रिया प्रारम्भ भए पछि आफुहरुको पक्की घरमा बस्ने चाहना पुरा भएको भन्दै विपन्न परिवारले खुशि ब्यक्त गरेका छन् । यस कार्यक्रम अन्तर्गत साविकको महुवा,बैदौली,चगवानपुर,कजरहवा,कुशहवा,अभिराव,जहदी वाणगंगाको गन्दर्भ,झिसहनिय र सुठौलीमा घर निर्माण हुने छन् ।प्रति घर १ लाख ९२ हजार लागत रहने भवन तथा शहरी विकास डिविजनका प्रमुख सुरेश ठाकुरले बताए । सवै घरहरु यहि आर्थिक बर्ष भित्रै निर्माण सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप