धादिङमा आमाको मायाँ छात्रावास भवन लोकार्पण
आइतबार, २१ जेठ २०७४, १० : ५५
जेठ २१, धादिङ - भूकम्प प्रभावित बालकहरूका लागि जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरिरहेको आमाको मायाँ छात्रावास, धादिङको नवनिर्मित भवन लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल शाखाका अध्यक्ष, लामा श्री फुपु छेम्बे शेर्पा ुथुप्तेन जिग्दोलु, सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्री श्याम पराण्डे, सेवा इन्टरनेशनल युएसएका अध्यक्ष एन. श्रीनाथज्यूले संयुक्त रूपमा शीलालेखको उक्त भवन छात्रावास समितिलाई हस्तान्तरण गरे ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै एन श्रीनाथले निर्माण कार्यमा हाम्रो सहयोग रहेपनि छात्रावासमा बस्ने बच्चाहरूको लालन—पालनको जिम्मा स्थानीयवासीको रहने बताए । 'सेवाभावी अमेरिकी हिन्दू समाजबाट यो एउटा सानो उपहार मात्र हो, तर यसलाई हुर्काउने बढाउने कार्यमा यहाँका आमाहरूको अहम् भूमिका रहनेछ। अनि मात्र आमाको माया छात्रावासको नाम सार्थक हुन सक्छ ।' श्रीनाथले भने ।
लामा थुप्तेन जिग्दोलले वर्तमान समयमा बालबालिकालाई दिइनुपर्ने शिक्षाका साथै संस्कारको महत्वमाथि प्रकाश पारे। उनले जनजाति कल्याण आश्रम नेपाल र हिन्दू स्वयंसेवक संघ नेपाल जस्ता संस्थाले सेवाको माध्यमबाट शिक्षा, स्वास्थ्य, संस्कार, स्थानीय संस्कृतिको जगेर्ना, राष्ट्र प्रेम, जस्ता कुरामा अहम् भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
अर्का विशिष्ट अतिथि श्री श्याम पराण्डेले सेवा इन्टरनेशनलले आउँदा दिनमा पनि विभिन्न प्रकल्पमा साथ सहयोग गरिरहने वातावरण सिर्जना गर्न स्थानीय समुदायको सक्रियताको आवश्यकता रहेको बताए । उनले संघ र कल्याण आश्रमको माध्यमबाट समाज हितका विषयमा सेवा इन्टरनेशनलले धादिङसँगै अन्य चार स्थानमा भूकम्प प्रभावित बालबालिकाहरूको लागि छात्रावास भवन निर्माण एवं सञ्चालनमा सहयोग पुर्याइरहेको बारे अवगत गराए ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नवनिर्वाचित मेयर भीम प्रसाद ढुङ्गानाले यस प्रकारका प्रकल्पको विकासमा नगरपालिकाले सक्दो सहयोग पुर्याउने बताए । जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव प्रेम थुलुङले संस्थाको परिचय र स्थानीय संस्कृति जगेर्ना किन गरिनुपर्छ भन्ने विषयमा बोलेका थिए भने छात्रावास समिति धादिङका अध्यक्ष डा. नवीन बन्धु पहाडीले कल्याण आश्रम र छात्रावास समितिले गरेको हैसेमा होइस्टे थप्न समाजका सबै वर्गका व्यक्तिहरू उठ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमार, कोषाध्यक्ष सुनिल अग्रवाल, जनजाति कल्याण आश्रम नेपालका सह संगठन सचिव भट्ट मिलन, आमाको माया छात्रावास काठमाडौं संभाग समितिका अध्यक्ष स्वाती अग्रवालका साथै समितिका पदाधिकारीहरू सुनिल छपोलीया, महेश अग्रवाल, कैलास गोयल, पशुपति शिक्षा प्रसार समिति नेपालका कोषाध्यक्ष प्रदीप गोयल, सेवा इन्टरनेशनल नेपालका महासचिव सुरेश कुमार अग्रवाल, संयोजक विजय मिश्रलगायतको उपस्थिति थियो ।
धादिङको नीलकण्ठ नगरपालीका ४ मा निर्माण सम्पन्न गरिएको दुईतले भवनका लागि सेवा इन्टरनेशनलले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने हिन्दू स्वयंसेवक संघ नेपालले निर्माण संयोजन गरेको थियो । नमुना बालगृहका रूपमा विकसित गरिने उक्त छात्रावास अन्तर्गत भूकम्पका कारण प्रभावित हुन पुगेका ५० जना बालकहरूले आवास, भोजन, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत सुविधाका साथै कम्प्युटर शिक्षा, सीप विकास जस्ता थप सेवा पनि प्राप्त गर्ने स्वयमसेवक भुपेन्द्र क्षत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण