लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट
आइतबार, २१ जेठ २०७४, १० : ५०
लण्डन, जेठ २१–कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ । यो हलमा फेरी बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ ।
सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्यान्ड लगेर कन्सर्ट गरेको थियो । १७ जुनमा हुने ‘जुन फेस्टिभल’ मा गायक विपुल क्षेत्रीसहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्यान्डले एकैपटक गीतसंगीत प्रस्तुत गर्ने आयोजक पर्चा प्रोडक्सनका सीईओ समीर गुरुङले जानकारी दिए ।
कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन पुग्नेछ । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा कम्तीमा १० हजार दर्शक उतार्ने अठोट आयोजकको छ । ३५ देखि ११ पाउन्डसम्म प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । कलाकारलाई अवसर र नेपाली गीतसंगीतको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण