शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तीनवटा चुनावपछि मात्रै एमाले सरकारमा: झलनाथ खनाल

आइतबार, २१ जेठ २०७४, १७ : ५३
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन वटै तहको निर्वाचन सम्पन्न नभई आफनो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । वरिष्ठ नेता खनालले काँग्रेस सभापति शेरबहादुर देउवालाई काम गर्न सहज रहोस भन्ने एमालेले चाहेको टिप्पणी पनि गरे । उनले संसद बैठक दुई दिन पछि सार्ने आफनो पार्टीको प्रस्ताव अव हुने प्रधानमन्त्रीलाई काम गर्न सहजहोस् भन्ने चाहना अनुसार आएको तर्क समेत गरे । आइतबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै नेता खनालले तीन ठूला दलबीच घनिभूत छलफल नभए समयमै तीन वटै तहको निर्वाचन सम्पन्न गर्न कठिनाई हुनेपनि स्पष्ट पारेका थिए । वरिष्ठ नेता खनालले दुई दिन भित्र मुलुकलाई निकास दिने गरी प्रमुख तीन दलबीच ठोस सहमति हुने विश्वास पनि व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप