शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गौरका पूर्वमेयर गौरीशंकर फोरम नेपालको मेयर उम्मेदबार

आइतबार, २१ जेठ २०७४, १७ : ५१
आइतबार, २१ जेठ २०७४
रौतहट २१, जेष्ठ -संघीय समाजवादी फोरम नेपाल रौतहटले पूर्वमेयर गौरी शंकर प्रसाद यादवलाई गौर नगरपालिकाको मेयरको उम्मेदबार चयन गरेको छ । यसअघि २०५४ सालको स्थानीय चुनावमा गौरी शंकर यादवले स्वतन्त्र उम्मेदबारी दिएर गौर नगरपालिकाको मेयर पदमा विजयी भएका थिए । संघीय समाजवादी फोरम नेपाल रौतहटले जिल्लाका चर्चित नेता गौरी शंकरलाई मेयरको उम्मेदबार बनाउने निर्णय गरेको छ । दुई साताअघि कार्यकर्तासँगै गौरी शंकर यादवले फोरम नेपालमा प्रवेश गरेका थिए । गौरी शंकरले गौर नगरपालिकाको सम्बृद्धि, विकास र स्थायित्व आफ्नो पहिलो प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् । यसैगरी, फोरम नेपाल रौतहटले गौर नगरपालिकाको उपमेयरका लागि अन्सु सिंहलाई चयन गरेको छ । रौतहटका पूर्वनिर्वाचित सांसद बबन सिंहकी पत्नी अन्सु सिंहको उम्मेदबारीले गौर नगरको उपमेयर पनि सुरक्षित भएको फोम नेपालले विश्वास व्यक्त गरेको छ । तीन वटा र नगर र १३ वटा गाउँपालिका रहेको गौरमा फोरम नेपालले बाकी अन्य ठाउँको उम्मेदबार तय गर्न अझै बाकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप