आइएसको कब्जाबाट १४ सय बर्ग किलोमिटर क्षेत्र नियन्त्रण मुक्त
आइतबार, २१ जेठ २०७४, १७ : ५६
दमासकस, जेठ २१ – इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुले कब्जामा राखेको सिरियाको झन्डै १४ सय बर्ग किलोमिटर क्षेत्र सिरियाली सेना र अन्य सुरक्षाकर्मीको संयुक्त प्रयासमा मुक्त भएको छ ।
गत चौविस घन्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आइएस लडाकू विरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले शनिबार जनाएको छ ।
सिरियाली सेनाले हालै मात्रै आइएस लडाकू विरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो ।
सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको दक्षिणपूर्वी केही ग्रामिण क्षेत्रमा समेत भइरहेको र त्यहाँ विगत केही दिनमा सिरियाली सेनाद्वारा हजारौँ आइएस लडाकू मारिएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृह युद्धमा परिणत भएको थियो । यस गृह युद्धमा अलकायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूहको बिगबिगी बढ्दै गयो ।
सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सिरियामा तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै अन्य लाखौं व्यक्ति घाइते भएका छन् ।
लाखाौं सर्वसाधारण आफ्नो घरवास छोडी स्वदेशमा र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण