नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
आइतबार, २१ जेठ २०७४, १८ : ०७
काठमाडौँ, जेठ २१ – भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे ।
नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत यही जेठ ३० गते काठमाडौँमा हुने यमनविरुद्व खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।
सहभागी टोलीको गोल रक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की तथा बिमल बस्नेत छन् ।
त्यसैगरी मिडफिल्डरतर्फ रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा छन् भने स्ट्राइकरमा बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण