मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
आइतबार, २१ जेठ २०७४, १८ : १४
लुम्बिनी, जेठ २१– रुपन्देहीको भैरहवामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
ट्राफिक प्रहरी पोष्ट बेथरीले दिएको जानकारीअनुसार लुम्बिनी–भैरहवा सडकखण्डस्थित पश्चिमदेखि पूर्वतर्फ आउदै गरेको ३३७७ नम्बरको मोटरसाइकल कोटहीमाई गाउँपालिका ३ स्थित दानवपुलको मोडमा पल्टिएर दुर्घटना भएको हो ।
सडकको मोडमा रहेको घुम्ती पोलमा ठोक्किएर ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी मोटरसाइकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका ९ सोनवर्षा निवासी १९ वर्षीय सरोज कोहारको उपचार हुँदाहुदै भैरहवास्थित सिटी अस्पतालमा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार अर्का ब्यक्ति सोही ठाउँ बस्ने २७ वर्षीय तौलन कुर्मीको उपचार भइरहेको ट्राफिक प्रहरी पोष्ट बेथरीका ईन्चार्ज पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
मृतक कोहारको शव भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात अन्त्योष्टिका लागि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण