शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भाग्यमानी महन्थः आफैले शिलान्यास गरेको भवनमा सर्दै

आइतबार, २१ जेठ २०७४, १९ : १८
आइतबार, २१ जेठ २०७४

काठमाडौ, जेठ २१– राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको आइतबार ४४ दिन भएको छ । पार्टी गठन भएदेखि नै सो पार्टीले आफ्नो कार्यालयका लागि घर खोज्न थालेका थिए तर मधेशको दल हो भन्दै राजधानीमा हतपत कसैले आफ्नो घर दिन मानेनन् ।

छ दल मिलेर बनेको पार्टीको आकार ठूलै भएको छ । त्यसका लागि ठूलै घर चाहिन्छ । १० भन्दा बढी गाडी अट्ने सुविधा सम्पन्न घरको आवश्यकता भएकाले त्यस्तो घरको खोजीमा राजपा नेपालका नेताहरु काठमाडौंमा निकै भौंतारिएका थिए ।

अन्ततः मधेशी निजामती कर्मचारी मञ्चको कार्यालय भवन भाडामा पाएको छ । त्यहाँ राजपा नेपालको कार्यालय सार्ने काम पनि शुरु भएको छ । अहिले राजपा नेपालको सम्पर्क कार्यालय पुरानो तमलोपाको कार्यालयमा रहेको छ । यसो त छवटै दलको कार्यालय अझै सञ्चालनमै छन् ।

संयोग पनि कस्तो, नयाँ शक्ति नेपालको कार्यालयसँगै रहेको सो भवनको शिलान्यास राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निर्माण भएको साढे तीनतल्ले भवनमा राजपा नेपाल सर्न लागेको हो । त्यो भवनमा जम्मा १३ वटा कोठा छन् । जसमध्ये दुई वटा संघले राख्ने छ भने बाँकी सबै राजपाले प्रयोगमा ल्याउने बताइएको छ ।

११ कोठामध्ये ६ कोठा ६ जना अध्यक्षका लागि छुपट्याइएको छ भने उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतलाई कुर्ची टेबलसमेत पुग्ने अवस्था नरहेको नेताहरु बताउँछन् । उनीहरुका लागि भूँइतलामा सभा हल बनाइएको छ । मञ्चलाई राजपालाई मासिक एक लाख रुपैयाँ माग गरे पनि राजपाले भने मासिक ७५ हजार दिने बताएको मञ्चका प्रतिनिधि सुजित कुमार झाले बताए ।

मधेश निजामति कर्मचारी मञ्च पुरानो तराई मधेश लोकतान्त्रिक पार्टीको शुभेच्छुक संगठन हो । तर मञ्चका नेताहरु तमलोपाको भातृ संगठन नभई मधेशी मोर्चाको शुभेच्छुक संगठन बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप