शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पक्षघातका बिरामीका लागि एप बनाउँदै पुन

आइतबार, २१ जेठ २०७४, १९ : ३७
आइतबार, २१ जेठ २०७४
काठमाडौँ, जेठ २१ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पक्षघात भएका व्यक्तिका लागि दिमागले सोचेर सहयोगीलाई आफ्ना आवश्यकता बताउनसक्ने एप बनाउन लागेको बताएको छ । पक्षघातका बिरामीलाई केही चाहिएमा उसको घाउमा सेन्सर राखी त्यसका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देश गएपछि सहयोग लिनसक्ने एपको विकास गरिरहेको पुनले बताए। ‘कार्यान्वयनमा ल्याउन सकेमा संसारभरका लागि यसबाट फाइदा पुग्नेछ,’ उक्त एपबारे जानकारी दिँदै अध्यक्ष पुनले भने । यस एपका माध्यमबाट बिरामीले आफूलाई भोक लागेको, दिसापिसाव लागेको, बत्ति बाल्नुपर्ने, निभाउनुपर्ने लगायत हरेक सोचेका कुरालाई सेन्सरका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देश पठाइ जानकारी गराउन मद्दत मिल्ने बताइएको छ । स्वास्थ्यसँग सम्बन्धित नयाँ आविष्कारलाई कार्यान्वयनमा लैजान स्वास्थ्य मन्त्रालयको सहयोग चाहिने भएकाले शुक्रबार स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीचमा सहकार्य गरी अघि बढ्ने विषयमा सम्झौतासमेत भएको छ । अध्यक्ष पुनले उक्त एपको आधाआधी काम सकिएको भए पनि त्यसलाई अझ प्रभावकारी बनाउन आफ्ना दुई सहयोगीले काम गरिरहेको जानकारी दिए। ‘त्यो कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयको सहयोगबिना सम्भव छैन, सहकार्य आवश्यक छ,’ उनले भने । करिब एक वर्षभित्र उक्त एप कार्यान्वयनमा ल्याउने पुनको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप