बुटवलमा माओवादी केन्द्रद्वारा उम्मेदवारको टुङ्गो
आइतबार, २१ जेठ २०७४, २१ : २०
बुटवल, जेठ २१ – नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको घोषणा गरेको छ ।
केन्द्रले जिल्लाका १६ स्थानीय तहमध्ये १२ वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्रका रुपन्देही इन्चार्ज हकिउल्लाह खाँका अनुसार देवदह नगरपालिकाको नगरप्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतम तथा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा फैज अहमद खान र उपप्रमुखमा कमला थापालाई उम्मेदवार तय गरेको छ ।
यस्तै तिलोत्तमा नगरपालिकाको प्रमुखमा लक्ष्मण खनाल र उपप्रमुखमा राधिका पौडेल, सैनामैना नगरपालिकाको प्रमुखमा चेतनारायण न्यौपाने र उपप्रमुखमा दीपिका शर्मा तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा हरिबहादुर यादव र उपप्रमुखमा कल्पना हरिजनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी कञ्चन गाउँपालिकाको अध्यक्षमा विनोदकुमार पुन र उपाध्यक्षमा कुमारी घर्तीमगर, गैडहवा गाउँपालिकाको अध्यक्षमा पुस्परतन पाण्डे र उपाध्यक्षमा सरस्वती थारु, सिंहारी गाउँपालिकाको अध्यक्षमा गोपाल पोखरेल र उपाध्यक्षमा धनकुमारी थारु, ओमसतिया गाउँपालिकाको अध्यक्षमा हिराकुमार केबट र उपाध्यक्षमा सुन्दरमति कुमारी हरिजन, शुद्धोदन गाउँपलिकाको अध्यक्षमा गोविन्द चौधरी र उपाध्यक्षमा विष्णु कार्की तथा रोहिणी गाउँपालिकाको अध्यक्षमा प्रदीपकुमार पाण्डे र उपाध्यक्षमा सरस्वती गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिका र मर्चवार क्षेत्रका मायादेवी, कोटही र मर्चवारी गाउँपालिकामा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको नेता खाँले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण