शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बेपत्ता किशोर मृत अवस्थामा फेला

सोमबार, २२ जेठ २०७४, ०९ : ०९
सोमबार, २२ जेठ २०७४
नवलपरासी, २२ जेठ - नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ । नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप