शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अग्निपीडितलाई सुधारिएको चुलो

सोमबार, २२ जेठ २०७४, ०९ : २३
सोमबार, २२ जेठ २०७४
इनरुवा, २२ जेठ - सुनसरीको श्रीपुरजद्वीका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको छ । जिल्ला समन्वय समितिको सहयोगमा यहाँका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको कोसी गाउँपालिकाको संयुक्त वडा कार्यालय खरिदार देवनारायण लहुटीयले जानकारी दिए । कोसी गाउँपालिकाको श्रीपुरजद्वीका ४५ अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरिएको हो । उनीहरुलाई धुवाँ कम आउने र छिटो रुपमा खाना पकाउन सहज होस् भनेर चुलो वितरण गरिएको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप