शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विवाहपूर्व गर्भवती भएकी श्रीदेवीका लागि बोनीले गरेका थिए १० वर्ष कान्छी श्रीमतीसँग डिभोर्स

सोमबार, २२ जेठ २०७४, १२ : १७
सोमबार, २२ जेठ २०७४

एजेन्सी

जेठ २२ – बलिउड अभिनेत्री श्रीदेवीको फिल्म ‘मम’ रिलिज हुने तयारीमा छ । फिल्मको ट्रेलर जून ३ तारिखमा रिलिज भएको थियो । केही दिन अघि श्रीदेवी र बोनीले आफ्नो विवाहको २१ औं वर्षगाँठ मनाए । यसै मौकामा आज हामी तपार्ईंलाई श्रीदेवी र बोनीको भेटघाट कसरी भएको थियो र विवाहित बोनीसँग कसरी विवाह हुनपुग्यो भन्ने विषयमा जानकारी दिँदै छौं ।

सन् १९८७ मा बोनी कपूरले आफ्नो फिल्म ‘मिस्टर इन्डिया’ का लागि श्रीदेवीलाई साइन गराएका थिए । फिल्ममा श्रीदेवीलाई अनुबन्ध गराउनुभन्दा पहिले नै बोनी कपूर उनलाई मन पराउँथे ।

श्रीदेवीका अनुसार सन् १९८४ मा बोनी कपुर उनीसँग फिल्म ‘मिस्टर इन्डिया’ मा सीमाको भूमिकाका लागि आएका थिए । उनले भनिन्, ‘फिल्ममा साइन गरेपछि उनले मलाई प्रेम गर्न थालेको पनि बताए ।’ यद्यपी, बोनी कपूरले श्रीदेवीलाई सन् १९९३ मा आधिकारिक रुपमा प्रस्ताव गरे ।

श्रीदेवी भन्छिन्, ‘त्यतिबेलासम मेरो आमाबुवाको मृत्यु भइसकेको थियो जब मेरी बहिनीलाई यसबारे थाहा भयो तब उनी निकै अचम्म भएकी थिइन् ।’

बोनी ७० को दशकदेखि श्रीदेवीको तमिल फिल्म हेर्ने गर्दथे र त्यति बेलादेखि नै उनलाई मन पराउने गर्दथे । एकपटक बोनी कपूर श्रीदेवीलाई भेट्न चेन्नईस्थित उनको घर गएका थिए तर उनी सुटिङका लागि सिंगापुर गएकी थिइन् जसका कारण बोनी निकै उदास भएर मुम्बई फिर्ता भएका थिए ।

त्यसको केही समयपछि बोनीले श्रीदेवीको फिल्म सेलवा सावन (सन् १९७९) हेरे । त्यसपछि उनी श्रीदेवीलाई भेट्न निकै आतुर भए र आफ्नो फिल्ममा नायिका बनाउन चाहन्थे । त्यसकारण एक फिल्मको सेटमा नै उनलाई भेट्न पुगे । श्रीदेवीले बोनीलाई उनको व्यवसायीक कामहरु सबै उनकी आमाले हेर्ने गरेको बताइन् ।

त्यसपछि बोनी श्रीदेवीकी आमासँग फिल्म ‘मिस्टर इन्डिया’ का लागि गए । त्यतिबेला उनकी आमाले फिल्मका लागि उनीसँग १० लाखको माग गरिन् । तर बोनीले उनलाई ११ लाख दिए जसका कारण श्रीदेवीकी आमा बोनीसँग निकै प्रभावित भइन् ।

फिल्म ‘मिस्टर इन्डिया’ को सेटमा बोनीले श्रीदेवीलाई केही कुराको कमी महसुस नहोस् भनी आफैं ध्यान पुर्याउने गर्दथे । यतिमात्र होइन, उनले श्रीदेवीका लागि भिन्न–भिन्न मेकअप रुम पनि बनाएका थिए । त्यसपछि श्रीदेवी बोनीसँग सहज महसुस गर्न थालिन् । त्यतिबेलासम्म बोनी श्रीदेवीलाई यति मन पराउन थालिसकेका थिए कि जब उनी फिल्म ‘चाँदनी’ को सुटिङ गरिरहेकी थिइन् तब बोनी उनलाई भेट्न स्विट्जरल्याण्डसम्म पुगे ।

[caption id="attachment_151026" align="alignleft" width="826"] बोनीकी जेठी श्रीमती मोना[/caption]

बोनी पहिलेदेखि नै विवाहित थिए र त्यहाँबाट फर्किसकेपछि उनले आफ्नो पहिलो श्रीमती मोनालाई श्रीदेवीबारे जानकारी दिए । उनले मोनासँग श्रीदेवीको आमाको मृत्यु भएलगत्तै उनीहरु हरेक समय सँगै बिताउने गरेको र फिल्म ‘लम्हे’ को सुटिङका बेला पिताको मृत्यु भएपछि एक अर्काको प्रेममा परेको जानकारी दिए । उनले मोनालाई आफू श्रीदेवीसँगको प्रेममा भएको कुरा पनि बताए ।

मोनाले डिएनएको एक अन्तर्वार्तामा दिएको जानकारी अनुसार बोनी उनीभन्दा १० वर्ष जेठा छन् । बोनीसँग विवाह हुँदा उनी १९ वर्ष मात्र भएकाले उनी बोनीसँगै नै हुर्किएको उनले बताएकी थिइन् । विवाहको १३ वर्षपछि बोनीले अर्कै महिलासँग प्रेममा परेको जानकारी दिएको पनि उनले जानकारी दिएकी थिइन् ।

मोनाले भनेकी थिइन्, ‘त्यसपछि हाम्रो सम्बन्धमा केही पनि बाँकी थिएन । हामी हाम्रो सम्बन्धलाई अर्को मौका दिने स्थितीमा पनि थिएनौं किनभने श्रीदेवी एक सन्तानकी आमा बनिसकेकी थिइन् । दुबैले सन् १९९६ जून २ तारिखमा विवाह गरेका थिए ।’

स्मरण रहोस् मोना र बोनीका दुई सन्तान छन् । अभिनेता अर्जुन कपूर र छोरी अंशुला कपूर ।

यस्तै, श्रीदेवीका दुई छोरी छन् । जान्ह्वी कपूर र खुसी कपूर ।

सन् २०१२ मार्च २५ तारिखमा क्यान्सरका कारण मोनाको मृत्यु भयो ।

[caption id="attachment_151025" align="alignleft" width="848"] अभिनेता अर्जुन कपूर बहिनी अंशुला कपूरसँग[/caption]

केही समय अघि अर्जुन कपूरले उनका सैतेनी बहिनीमाथि सोधिएको प्रश्नमा उनीहरुसँग अहिलेसम्म समय नबिताएको र आफूहरु बिच केही पनि सम्बन्ध नरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप