शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अर्घाखाँची सेवा समाजको कतारमा बैठक

सोमबार, २२ जेठ २०७४, १२ : १६
सोमबार, २२ जेठ २०७४
कतार, जेठ २२– ‘प्रवासमा अर्घाखाँचीबासी एक हो, नेपाली समाजको लागि केहि गरौं’ भन्ने नाराकासाथ अघि बढेको अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक सम्पन्न भएको छ । ३ जुन मा बसेको बैठकले विभिन्न प्रस्ताबमाथि छलफल गर्दै पारित गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षता र महासचिब टेकराज थापाको सञ्चालनमा दोहा स्थित मुन्ताजा पार्कमा भएको बैठकमा जिल्लाबासी बिच भएको विविध सांगीतिक कार्यक्रम तथा मिलन समारोहका बारेमा समिक्षा गरिएको थियो । यसैगरि मुस्लिम समुदायको महान पर्व इदको अवसरमा विभिन्न संघ सस्थाले आयोजना गर्ने भोलिबल प्रतियोगितामा अर्घाखाँची सेवा समाजले पनि सहभागितामा जनाउने निर्णय भएको छ बैठकले खेल संयोजक बिष्णु क्षेत्रीलाई जिल्लाबासि खेलाडीहरुलाई तयारी अबस्थामा राख्न जिम्मा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप