साउदी अरबसमेत चार देशले कतारसँग सम्बन्ध तोडे, आतंकवादलाई समर्थन गरेको आरोप
एजेन्सी
जेठ २२ – साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारमाथि आतंकवादलाई समर्थन गरेको आरोप लगाएका छन् । यसैबिच अबु धाबीको इतिहाद एयरलाइन्सले कतारको आफ्नो सबै उडानलाई रद्द गरेको छ ।
साउदी अरबका एक अधिकारी भन्छन्, ‘हामी आफ्नो छिमेकी मुलुक कतारसँगको सम्बन्ध समाप्त गर्दैछौं । उनीहरुले आतंकवादलाई हुर्कने वातावरण मिलाइरहेका छन् । साथै त्यहाँ मुश्लिम ब्रदरहुड, आइएसआइएस र अल कायदाजस्ता आतंककारी संगठन सक्रिय छन् । देशको राष्ट्रिय सुरक्षासँग कुनै सम्झौता गर्न सकिन्नँ ।’
साउदीले कतारसँग सबै कुटनीतिक र कन्सुलर सम्बन्ध तोडेको बताएको छ । साथै, कतारसँग जमिन, समुन्द्र र विमानमार्फत कुनै पनि सम्पर्क नगरिनेसमेत जानकारी दिएको छ ।
साउदीले भन्यो, ‘पछिल्लो केही वर्षमा कतारले थुप्रै नियम तोडेको छ ।’
अन्य देशले के भने ?
इजिप्टको परराष्ट्र मन्त्रालयले कतारलाई आतंकवादलाई समर्थन गर्ने देश बताएको छ । कतारका कारण सबै अरबलाई खतरा भएकाले इजिप्टले आफ्नो सबै पोट्र्स, एयरपोर्ट कतारका लागि बन्द गरेको बताएको छ ।
यस्तै, यूएईले पनि कतारसँगको सबै सम्बन्ध समाप्त गरेको बताएको छ ।
बहराइनको समाचार एजेन्सीका अनुसार सुरक्षामा खतरा भएकाले र देशमा स्थिरताका लागि कतारसँगको सम्बन्ध समाप्त गरिएको छ ।
बहराइनले आफ्नो देशमा बसिरहेका कतारका नागरिकलाई देश छोडेर जानका लागि १४ दिनको समय दिएको छ जबकी कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोडेर जान आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण