बार्दियामा नवजात शिशु फेला
सोमबार, २२ जेठ २०७४, ०८ : ५९
बर्दिया, २२ जेठ । बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेला पारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजी कार्य जारी राखेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण